२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘विद्यार्थीहरुले प्राविधिक र गुणस्तरीय शिक्षा पाएमामात्रै नयाँ नेपाल निर्माण सम्भव’


0
Shares

धादिङ, वैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्नुपर्ने बताएका छन् ।

धादिङ जिल्लाकै पहिलो नमुना विद्यालय नीलकण्ठ माविको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दै देउवाले विद्यार्थीको सुनौलो भविष्यका लागि हरेक विद्यालयबाट प्राविधिक शिक्षा दिइनुपर्ने बताए ।

केही विद्यालयलेमात्र प्राविधिक शिक्षा दिएको भन्दै उनले विद्यार्थीहरुले प्राविधिक र गुणस्तरीय शिक्षा पाएमामात्रै नयाँ नेपाल निर्माण सम्भव हुने धारणा राखे ।

करिब ८ करोड रुपैयाँको लागतमा भूकम्पले क्षतिग्रस्त बनेको विद्यालयको पुनःनिर्माण भएको हो ।