
काठमाडौं, जेठ ५ । बुधबार पनि शेयर बजार बुलिस ट्रेन्डमा रह्यो । बजार परिसूचक नेप्से १५ सयनजिक पुग्यो ।
कारोबार पनि एक अर्ब नाघ्यो । नेप्से १२ अंक बढीले उकालो लागेर १४ सय ९६ पुगेर नयाँ उचाइको रेकर्ड कायम गरेको छ ।
उत्पादनमूलक र अन्य समूहबाहेक कारोबार भएका सबै समूह उकालो लागे ।
यसदिन पनि बीमा समूहमा १ सय १० अंकको उच्च बृद्धि आयो । होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले बढे । अरु समूह भने सामान्य अंकले सकारात्मक रहेका हुन् ।
उत्पादनमूलक समूह ३१ अंकले ओरालो लाग्यो । अन्य समूह नगन्य अंकलेमात्र ऋणात्मक रहेको हो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३६ कम्पनीको १४ लाख २३ हजार कित्ता शेयर १ अर्ब ३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्