२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


प्रमाणपत्र बुझाउन तीन दिनको म्याद थप


0
Shares

काठमाडौं, वैशाख २७ । द्वन्द्वकालीन मुद्दा टुंगो लगाउन गठित आयोगमा पदाधिकारी नियुक्तिका लागि आवेदन दिएकालाई प्रमाणपत्र बुझाउन सिफारिस समितिले तीन दिनको म्याद थप गरेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नियुक्तिका लागि आवेदन दिएकाहरुलाई प्रमाणपत्र बुझाउन म्याद थप गरिएको हो ।

दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफरिस गर्न गठित समितिले यसअघि थपेको म्याद शनिबार सकिँदैछ ।

सिफारिस समितिकी सदस्य शर्मीला कार्कीले आवेदन दिँदा प्रमाणपत्र पेस गर्न छुटेकाहरुलाई समय दिइएको जानकारी दिइन् ।

आयोगका १० जना पदाधिकारीका लागि ५७ जनाले आवेदन दिएको कार्कीले हामीसित बताइन् ।

समितिले गएको चैत २५ गते पहिलोपटक ७ दिनको म्याद दिएर आवेदन आह्वान गरेको थियो ।

आवेदक बढेपछि समितिले दोस्रोपटक १० दिन थपेर यही वैशाख १७ गतेसम्मको समय दिएको थियो ।

आवेदन दिनेहरुमा पूर्वन्यायाधीश, पूर्वसचिव, आयोगका पूर्वपदाधिकारी, मानवअधिकारकर्मीहरुलगायत रहेका जनाइएको छ ।