२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


चीनको ‘वन बेल्ट वन रोड’ प्रस्तावप्रति नेपालको पूर्णसमर्थन : उपराष्ट्रपति पुन


0
Shares

काठमाडौं, जेठ ६ । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनको ‘सिल्क रोड’अन्तर्गत्को ‘वन बेल्ट वन रोड’ प्रस्तावप्रति नेपालको पूर्णसमर्थन रहेको बताएका छन् ।

अरनिको समाजले विहीबार राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सिल्क रोड इकोनोमिक बेल्टबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए ।

पश्चिम चीनको सिआनबाट सुरु हुने सिल्क रोड मध्य एसियासम्म पुग्ने व्यापारिक बाटो हो । चीनले अहिले सामुद्रिक ‘रेसमीमार्ग’को पनि विकास गरिरहेको छ ।

सोही अवसरमा चिनियाँ बुद्धिष्ट एसोसियसनका उपध्यक्ष माष्टर यिन सङको टोली र सेन्चेन चाउक्वाङ च्यारटी नेपालले संयुक्तरुपमा आयोजना गरेको मोतियाबिन्दूको निःशुल्क शल्यक्रिया कार्यक्रमको पनि उपराष्ट्रपति पुनले उद्घाटन गरे ।

बालाजुको जनमैत्री अस्पतालमा शनिबारसम्म मोतियाबिन्दूको शल्यक्रिया शिविर सन्चालन हुनेछ ।