२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शेयर बजारमा सुधार जारी


0
Shares

काठमाडौं, जेठ ६ । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार सकारात्मक रहेर थामियो ।

बजार परिसूचक नेप्से ३ अंक बराबरले धनात्मक रहेर १४ सय ९९ कायम भएर थामियो ।

कारोबार सुरु भएदेखि नेप्से उच्चदरले उकालो लागेर केही समयमै १५ सय ७ पुगेर अनि शिथिल भएको हो । कारोबार पनि यसदिन पनि अर्ब नाघ्यो ।

उत्पादनमूलक बाहेक कारोबार भएका अरु अधिकांशजसो समूह सकारात्मक रहेसँगै नेप्से पनि धनात्मक रहेको हो । बीमा समूहमा सबैभन्दा उच्च ३३ अंकको सुधार आयो । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुुन् । उत्पादनमूलक समूह भने ३४ अंकले ओरालो लाग्यो । अन्य समूह स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १९ लाख ६३ हजार कित्ता शेयर १ अर्ब ८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।