२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बारामा ट्रक दुर्घटना, चालकको मृत्यु


0
Shares

बारा, वैशाख २७ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा आज बिहानै ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

विरगंजबाट पथलैयातर्फ जाँदै गरेको प्लास्टिकको दाना बोकेको भारतीय नम्बरको ट्रक आज बिहान पौने ४ बजे अनियन्त्रित भइ सडक किनारमा पल्टिएको थियो । दुर्घटनामा घाइते भएका ट्रक चालकलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ ।