
काठमाडौं, जेठ ७ । व्यवस्थापिका–संसदको कृषि तथा जलस्रोत समितिले बुढीगन्डकी जलविद्युत् परियोजना निर्माणको सन्र्दभमा शुक्रबार सरोकारवालाहरुसँग छलफल गरेको छ ।
बुढीगन्डकी डुबान क्षेत्रको स्थलगत् अध्यायन गरेर फर्केको समितिले सरोकारवालाहरुलाई डाकेर तत्काल आयोजना अघि बढाउन निर्देशन दिएको हो ।
तर, छलफलकाक्रममा सरकारी निकायहरुबीच नै आरोप–प्रत्यारोप चलेको थियो ।
समितिमा सहभागी सांसद तथा त्यस क्षेत्रका सांसदहरुले आगामी आर्थिक वर्षमा कम्तीमा ५० प्रतिशत मुअब्जा वितरण गर्न सुझाव दिएका थिए ।
समितिका सभापति गगन थापाले पनि आगामी आर्थिक वर्षमा मुआब्जा वितरणको प्रक्रिया सुरु नगरिए आयोजना निर्माणमा ठूलो समस्या आउनेतर्पm सचेत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्