१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


भूकम्पपछि दोलखामामात्रै ८ अर्ब खर्च


0
Shares

रवीन्द्र गौतम (इमेज)
दोलखा, जेठ ७ । गत वर्षको विनाशकारी भूकम्पपछि सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले दोलखा जिल्लामा करिब ८ अर्ब रुपैयाँ खर्च गरेको जनाइएको छ ।

भूकम्पलगतै खोज, उद्धार र राहतका लागि जिल्लाका सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले ५ अर्ब ५८ करोड र भूकम्पसम्बन्धी सचेतना कार्यक्रम, विद्यालय, स्वास्थ्य, खानेपानीलगायतको पुनःनिर्माणका लागि २ अर्ब २३ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।

जिल्ला विकास समिति दोलखाले विनाशकारी भूकम्पपछिको सार्वजनिक गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी रकम आइएनजीओले खर्च गरेका छन् ।

जिल्लामा ११ ओटा आइएनजीओले काम गरिरहेको जनाइएको छ ।