जनकपुरधाम, जेठ ८ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा सबै दलको सहभागिताको राष्ट्रिय सरकारको निर्माणको आवश्यकतामा जोड दिएका छन् ।
जनकपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कुरा कम, काम धेरै गर्ने पद्दतिको विकासतर्फ उन्मुख हुनु जरूरी छ भने ।
सविधानप्रति असन्तुष्टि रहेकाहरुका लागि वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले संविधानप्रति असन्तुष्टि, द्विविधा र अविश्वासलाई हल गर्ने प्रयासको खाँचो औँल्याए ।
उनले जनतालाई पीडा, कष्ट दिने काम कुनै पनि पक्षबाट हुनु हुँदैन भन्दै नेपालमा भएका सबै जाति, समुदायले पराया नभएको अनुभूतिको वातावरण निर्माणतर्फ ध्यानाकर्षण गरे ।
पूर्व नेपालले २ नं प्रदेशमा विकासका प्रशस्त सम्भावना भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले पहिलो चरणमा सप्तरीदेखि पर्सासम्म र दोस्रो चरणमा लुम्बिनीसम्म रेल सेवाको विस्तार, हुलाकी सडकको निर्माण, कृषि, तरकारी, पशुपालन र पर्यटनको विकासमा सबै जुट्नुपर्छ भने । रासस










प्रतिक्रिया दिनुहोस्