
तानसेन, जेठ ९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने तयारीमा सरकार लागेको दाबी गरेका छन् ।
आज पाल्पाको तानसेनमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले संविधानसभाको निर्वाचनमा सबै राजनीतिक दलहरुले स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता घोषणा पत्रमै उल्लेख गरेकाले आगामी मंसिरमा हुने चुनावबाट कोही भाग्न नपाउने प्रष्ट पारे ।
बजेटपछि सरकार परिवर्तन गर्ने कुरा हल्लामात्र भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्