
-सरोज अधिकारी, ईमेज
काठमाडौं, जेठ १० । विपक्षी दलहरु नेपाली कांग्रेस र मधेसी मोर्चा पछिल्ला दिनमा नजिकिएका छन् । लामो समयदेखि आन्दोलन गर्दै आएको मधेसी मोर्चाले सरकार परिवर्तनका लागि कांग्रेसको प्रयासमा साथ दिएपछि एकसाथ अघि बढ्ने संकेत देखिएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेस पनि मधेस समस्या समाधानसहित मधेसीदलसँगको दीर्घकालीन सम्बन्ध बिस्तारमै जुट्ने तयारीमा छ । संविधानमा आफ्ना मुद्दा सम्बोधन गर्न माग गर्दै मधेसी मोर्चाले आन्दोलन गरेको वर्ष दिन पुगिसक्यो । संविधानसभा बैठकबाटै सुरु भएको आन्दोलन मधेस घुम्दै फेरि काठमाडौंको सडकसम्म आएको छ ।
अझै पनि उनीहरुका समस्या समाधानको सुत्र भने पहिलिन सकेको छैन । संविधान जारी गर्दा एक भएका प्रमुख दल कांग्रेस, एमाले र माओवादी पनि अहिले फरक फरक ठाउँमा पुगिसकेका छन् ।
मोर्चाकै माग सम्बोधनका लागि भन्दै जारी भएको तीन महिना पनि नपुग्दै संविधानको पहिलो संसोधन भयो । तर पनि मोर्चाले चित्त बुझाएन ।
प्रमुख प्रतिपक्षी कांग्रेस अहिले पनि मोर्चाले उठाएका माग सम्वोधन गर्नुपर्छ भनेर स्वर मिलाईरहेको छ । तर, कसरी भन्ने सुत्र ऊसँग पनि छैन । कांग्रेसले मधेसी दलप्रति सकारात्मक सोच विकास गरेका कारण उनीहरुको सम्बन्ध नजिकिँदै छ ।
कांग्रेस बिना संविधान संसोधन हुन नसक्ने भएपछि मोर्चाले सहमतिका लागि दावावकारी भुमिकाको खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्