
काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले जनतालाई झूठा आश्वासन दिएर सत्ता टिकाउन खोजेको आरोप लगाएका छन् ।
नेपाल महिला संघको अञ्चलस्तरीय नेतृत्वसम्बन्धी प्रशिक्षणको सोमबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीका झूठा आश्वासन अब धेरै नटिक्ने बताए ।
उनले सरकार आफैंले ढाँटेर जनताप्रति विश्वासघात गरेको भन्दै त्यसको भन्डाफोर गरिने चेतावनी दिए ।
अहिलेको आवश्यकता संविधान कार्यान्वयन भएपनि सरकारले त्यसो गर्न नचाहेको उनको आरोप थियो ।
सभापति देउवाले असन्तुष्ट दलहरुसँग वार्ता गर्नुको साटो सरकारले अनावश्यक र उच्छृंखल टिप्पणी गरेर उत्तेजित बनाउने काम गरिरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्