२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


माओवादी केन्द्रद्धारा ९ सदस्यीय पार्टी हेडक्वाटर घोषणा, को–को परे ?


0
Shares

काठमाडौं, जेठ १० । नेकपा माओवादी केन्द्रले ९ सदस्यीय पार्टी हेडक्वाटर घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीलाई तत्काल बहुपदीय प्रणालीमा नलगी हेडक्वाटर बनाउने निर्णय गरेको हो ।

हेडक्वाटरमा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, रामबहादुर थापा, तिलक परियार, मातृका यादव, देव गुरुङ, जयपुरी घर्ती र मणि थापा रहेका छन् ।

बैठकले जेठ महिनाभर जिल्लाहरुमा एकता भेला र काठमाडौंमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यसपछि मात्रै पार्टीलाई बहुपदमा जाने सहमति भएको छ ।

केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको पाँच उपाध्यक्ष, एक महासचिव र तीन सचिव बनाउने प्रस्ताव पारित गरेको छ ।

फाइल फोटो