प्रकाश लिम्बु
तेह्रथुम, वैशाख २६ । अपांगता भएकाहरुलाई कमजोर रुपमा हेर्ने मानसिकता र उनीहरुले पनि आफूप्रति हीनताबोध गर्दा धेरैले अरुको सहारामा जिन्दगी बाँच्नुपरेको छ । तर दृढ इच्छाशक्ति र कामप्रतिको लगनशीलता भयो भने जो कोही पनि आत्मनिर्भर र सफल भएका उदाहरण प्रशस्तै भेटिन्छन् ।
कोही जन्मजात त कोही विभिन्न रोग तथा दुर्घटनामा परेर अपांग बन्नुपरेको छ । समाजमा त्यस्ता व्यक्तिप्रति करुणा भाव व्यक्त गर्नेहरु प्रशस्तै भेटिन्छन् तर उनीहरुको उत्साह र सम्भावनालाई जगाउनेहरु एकदमै न्यून छन् ।
तर, तेह्रथुममा आयआर्जनमूलक सीप तथा तालिम प्रदान गरी अपांग भएकाहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न उत्प्रेरित गरिएको छ । आम्दानीमूलक सीप पाएपछि उनीहरु उत्साहित बनेका छन् ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्