
कपिलवस्तु, वैशाख २६ । कपिलवस्तुमा भोलिदेखि तीन दिनका लागि भारतसँगको सीमानाका बन्द हुने भएको छ ।
भारतको सिद्धार्थनगर जिल्लामा लोकसभा निर्वाचन हुन गइरहेकाले तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द हुने भएको हो ।
भोलिदेखि आगामी २९ गतेसम्म बिहान ७ देखि बेलुका पाँच बजेसम्म सीमानाका बन्द रहने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले हिजो सूचना जारी गरी सीमानाका बन्द रहने जनाएको हो । भारतको सिद्धार्थनगर जिल्लामा २९ गते निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्