२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘सर्वदलीय’ बैठकमा के भयो ? मधेसी मोर्चा किन आएन ? (भिडियोसहित)


0
Shares

काठमाडौं, जेठ ११ । सरकारले बोलाएको सर्वदलीय बैठकमा मधेसी मोर्चा नआएका कारण बैठक मुख्य एजेन्डामा प्रवेश गर्न सकेन ।

मोर्चाले अन्तिम समयमा आएर आन्तरिक कारणले आउन नसकेको जवाफ दिएको सरकारको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोर्चासँग औपचारिक र अनौपचारिक दुबै छलफल गर्न सुझाव दिएको छ ।

मंगलबार बिहान ९ बजेका लागि बोलाइएको सर्वदलीय बैठक आन्दोलनरत् मधेसी मोर्चाका कारण नै साढे १० बजेका लागि सारिएको थियो ।

तर, अन्तिम समयमा आएर मोर्चाले आफुहरुले आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठकमा नआउने जानकारी दियो ।

मधेसी मोर्चा नाआएपछि सरकारमा रहेका दलहरु र प्रमुख विपक्षी कांग्रेससहितको बैठक बसेको थियो ।

बैठकमा कांग्रेस नेताहरुले मोर्चालाई वार्तामा ल्याउनका लागि सहयोग गर्न तयार रहेको बताएका थिए ।

उनीहरुले मोर्चाका विषयमा मिमियाबाजी गर्नभन्दा पनि उनीहरुसँग छलफल गर्न सुझाव दिएका थिए ।

अहिलेसम्म भएका वार्ताबाट परिणाम आउन नसकेको भन्दै मोर्चासँग औपचारिकरुपमा हुन नसके अनौपचारिक तवरमा भएपनि वार्ता गर्न सरकारलाई भनेको नेपाली कांग्रेसका नेता महेश आचार्यले जानकारी दिए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।