२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कार्यान्वयन हुन नसके संविधान कागजको खोस्टोमा परिणत हुन्छ : खनाल


0
Shares

काठमाडौं, जेठ ११ । नेकपा एमालेका नेता झलनाथ खनालले संविधान सर्वगुण सम्पन्न भएपनि केन्द्रदेखि स्थानीय निकायसम्मको निर्वाचन नगरेसम्म संविधानले आकार लिन नसक्ने बताएका छन् ।

२३औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी केन्द्रले मंगलबार राजधानीमा गरेको कार्यक्रमा खनालले कार्यान्वयन हुन नसके संविधान कागजको खोस्टोमा परिणत हुने पनि बताए ।

बुधबारसम्म चल्ने कार्यक्रममा एमालेका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।