
काठमाडौं, जेठ ११ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त मधेसी मोर्चाको माग संविधान पुनर्लेखन नभइ संशोधन भएको बताएका छन् ।
रिपोर्टर्स् क्लब नेपालले मंगलबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनले ‘संविधानमा जुन–जुन धारामा गल्ती छ त्यसलाई सच्याएर संशोधन गरिनुपर्ने’ बताए ।
अध्यक्ष महतोले भने–‘हामीले संविधान पुनर्लेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा गरेका होइनौं, गल्ती धारा सच्याएर संशोधन गर्न भनेका हौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको वार्ता आह्वान सकारात्मक भन्दै उनले मधेस आन्दोलनकाक्रममा मृत्यु भएकालाई सहिद घोषणा, सहिद परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार, झुट्ठा मुद्दा फिर्ता, धरपकड बन्द र आफूहरुले पेस गरेको ११ बुँदे मागमा सरकारले आफ्नो धारणा सार्वजनिक गरे वार्ता गर्न तयार रहेको स्पस्ट पारे ।
उनले भने–‘हामीले ३६ पटक सरकारसँग वार्ता गर्यौं तर कुनै उपलब्धि भएन, सरकार वार्ताबाट समस्या समाधान गर्न जिम्मेवार छैन, हामी वार्ताबाटै समस्या समाधानको पक्षमा छौं ।’ रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्