
काठमाडौं, जेठ १२ । केपी ओलीको नेतृत्वमा सरकार बनेको आठ महिना बित्न नपाउँदै उनकै पार्टी एमालेभित्र असन्तुष्टिका स्वर चर्किन थालेका छन् ।
पार्टीका दुई वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षधर नेताकार्यकर्ताको भेला गरेका छन् । पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सरसल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरुले दुईदिने भेला आयोजना गरेका हुन् । भेला मंगलबार सुरु भई बुधबार समापन हुँदैछ ।
नेपाल–खनाल पक्षले आगामी दसौं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारका रुपमा नेपाललाई अगाडि सारेको छ । ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई ब्यानर बनाउँदै आएका छन् । प्रतिष्ठानमा देशभर ओली पक्षका नेताकार्यकर्ता छन् भने केन्द्रमा नेपाल पक्षका । –अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया दिनुहोस्