Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


लुम्बिनी भ्रमण वर्षको तयारी पूरा


0
Shares

काठमाडौं, वैशाख २५ । लुम्बिनी भ्रमण वर्षको औपचारिक शुभारम्भ आगामी जेठ ४ गते गरिने भएको छ ।

प्रदेश नम्बर–५ को आर्थिक समृद्धिका लागि सहयोग पुर्‍याउने र भगवान् गौतमबुद्धकाबारेमा समस्त जानकारी गराउने उद्देश्यले आयोजना गरिएको लुम्बिनी भ्रमण वर्षको तयारीबारे प्रदेश सरकारले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यस वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शूल्क पूर्णिमासम्म भ्रमण वर्षकारुपमा मनाउन प्रचार–प्रसार गर्ने, आन्तरिक एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने, यसको विकासका लागि भौतिक संरचना निर्माणदेखि प्रदेशका अन्य आकर्षक पर्यटकीय स्थानसँग जोडेर लैजाने प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी भ्रमण वर्षले पर्यटन प्रवर्द्धनमार्फत् समृद्धि हासिल गर्न टेवा पुर्‍याउने, लुम्बिनी आउने पर्यटकहरुको बसाइँ अवधि लम्ब्याउने, लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश–५ का महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको प्रचार–प्रसार र प्रवर्द्धन गरिने प्रदेश सरकारले जनाएको छ ।

Skip This