
काठमाडौं, वैशाख २५ । बुधबार सेयरबजार परिसूचक नेप्सेमा सामान्य कमी आयो ।
यसदिन नेप्से साढे तीन अंकले झरेर १२ सय ९७ विन्दुमा आइपुग्यो । कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से ऋणात्मक रहेको हो ।
व्यापार, उत्पादकमूलक र टेलिकम सूचीकृत अन्य समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
यसदिन कारोबार परिमाणमा पनि गिरावट आयो । १७५ कम्पनीका १९ लाख कित्ता सेयर ५० करोड ७९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्