काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याउने बजेट जनतामुखी नहुने दाबी गरेका छन् ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले कार्यकर्तालाई पैसा बाँड्नेखालको बजेट ल्याउने तयारी सरकारले गरेको जिकिर गरे ।
कार्यक्रममा राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले वर्तमान सरकारले ल्याउने बजेट कार्यान्वयन गर्न मुस्किल हुने बताए ।
नेपालको निर्भरता भारतसँग बढी भएकाले बजेट बनाउँदा भारतको नीति–नियमलाई पनि सुक्ष्मरुपमा विस्तृत विश्लेषण गर्नुपर्ने आवश्यक्ता उनले औंल्याए ।










प्रतिक्रिया दिनुहोस्