
काठमाडौं, जेठ १३ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राजनीतिक समस्या समाधान गर्न आन्दोलनरत संघीय गठबन्धन गम्भीर नभएको आरोप लगाएका छन् ।
इमेज टेलिभिजनसँग आज कुरा गर्दै रक्षामन्त्री रावलले सरकारले पटक–पटक वार्ताका लागि आह्वान गर्दा पनि आन्दोलनरत दलहरु नआएर मुलुकका समस्या समाधान गर्न गम्भीर नभएको बताए ।
उनले संविधानमा कसैले आफ्ना अधिकार कुण्ठित भएको छ भन्ने महसुस गरे वार्तामार्फत समाधान खोज्नुपर्ने भन्दै मधेसी संघीय गठबन्धन भने समस्या समाधान गर्न इच्छुक नदेखिएको आरोप लगाए ।
संविधान आफैंमा कहिल्यै पूर्ण नुहने र समयानुकूल परिवर्तन हुँदै जाने दस्तावेज भएकाले वार्ता र संवाद मार्फत् समाधान खोज्न सरकार सधैं तयार रहेको उनको भनाइ थियो । मन्त्री रावलले मुलुकको आर्थिक समृद्धि सबैको चाहना भएकाले सरकारलाई सहयोग गर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्