२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


हावादारी कुरा गरेर देश बन्दैन : देउवा


0
Shares

काठमाडौं, जेठ १३ । नेपाल प्रेस युनियनको रजतवर्ष अभियानको विहीबार राजधानीमा शुभारम्भ गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरवाहादुर देउवाले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा देउवाले गैरजिम्मेवार र हावादारी कुरा गरेर देश नबन्ने भन्दै सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले प्रेस स्वतन्त्रतासँग जनताको स्वतन्त्रता गाँसिएको भन्दै प्रेसको भूमिका राष्ट्रका लागि महत्वपूर्ण हुने बताए ।

सो अवसरमा प्रेस युनियनका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो ।

फाइल फोटो