१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


‘अन्तिम’ दिन शेयर बजार सकारात्मक


0
Shares

काठमाडौं, जेठ १३ । बुधबार उच्चदरले ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन विहीबार सामान्य अंकले धनात्मक रहेर थामियो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बराबरले धनात्मक रही १५ सय २५ कायम भएर थामियो ।

कारोबारको सुरुआती समय उच्चदरले ओरालो लागेको बजार अपराह्नपछि सच्चिएको हो । २० अंकले घटिसकेको नेप्से अन्तिम समयसम्ममा सम्हालिन पुगेको हो ।

होटल, वाणिज्य बैंक र अन्य समूहबाहेक अरु समूह सकारात्मक रहेसँगै नेप्से धनात्मक रहन पुगेको हो ।

उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ६३ अंकको बृद्धि आयो । बीमा समूह ५८ अंकले बढ्यो । जलविद्युत् समूहमा २० अंकको सुधार आयो भने अरु समूह सामान्य अंकले धनात्मक रहे ।

होटल समूह ३५ अंकले ओरालो लाग्यो भने वाणिज्य बैंक र अन्य समूह सामान्य अंकले घटेका हुन् । कारोबार यसदिन उच्च अर्ब नाघ्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको २६ लाख बढी कित्ता शेयर १ अर्ब ३८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।