काठमाडौं, जेठ १३ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले आगामी बजेटमा कार्यान्वयको पक्ष पनि समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।
विहीबार राजधानीमा आयोजित बजेटसम्बन्धी साक्षात्कार कार्यक्रममा अधिकारीले आगामी बजेटमा उल्लेख गरिएका परियोजनाहरु समयमा सम्पन्न गर्ने ग्यारेन्टी हुनुपर्ने बताए ।
उनले हालको बजेट रोजगारी, उत्पादन, लगानी बृद्धि एवं उर्जाको विकासमा केन्द्रित हुनुपर्ने बताए ।
हालको प्राथमिकता भूकम्पपछिको पुनःनिर्माण एवं पीडित जनताको आकांक्षा पूरा गर्नुपर्ने रहेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्