१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


‘पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यकताका आधारमा बजेट’


0
Shares

काठमाडौं । संसदको अर्थ समिति अन्तर्गतको उपसमितिले आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिनुपर्ने विषयका बारेमा सातै प्रदेशबाट संकलित सुझाव समितिको पूर्ण बैठकमा पेश गरेको छ ।

अर्थ समितिले दुईटा उपसमिति बनाएर सातै प्रदेशमा आगामी बजेटमा समावेश गरिनु पर्ने विषयबारे सरोकारवालाहरुसँग छलफल गरेको थियो ।

छलफलपछि प्राप्त सुझावहरुलाई समेटेर तयार पारिएको प्रतिवदेन उपसमितिहरुले बैठकमा पेश गरेका हुन ।

प्रतिवेदनमा उल्लेखित विषयबारे समितिका सचिव सुरेन्द्र अर्यालले सांसदहरुलाई जानकारी गराएका थिए ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गरे ।

समाजवादी नेपाल पार्टीका सांसद डा.बाबुराम भट्टराईले पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न आग्रह गरे ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए असन्तुष्टि जन्मनेतर्फ सचेत हुुनुपर्ने बताएका थिए ।

सांसदरुको धारणासंगै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सांसदहरुले दिएको सुझावलाई मनन् गरी बजेट निर्माण गर्ने आश्वासन दिए ।