Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


१५ अर्ब कहाँ हरायो सरकार ?


0
Shares

काठमाडौं, जेठ १४ । सरकारले सार्वजनिक संस्थानहरुमा लगानी गरेको १५ अर्ब रुपैयाँभन्दा बढी रकम बेपत्ता भए पनि अझै खोजबिन गर्न सकेको छैन ।

सरकारको आम्दानी र खर्चको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकका् कार्यालयले देखाएभन्दा संस्थानहरुले कम देखाएको यस्तो रकम किन फरक पर्‍यो ? भनेर पनि सरकारले प्रष्ट जवाफ दिन सकेको छैन ।

सार्वजनिक संस्थानमा सरकारले गरेको सेयर र ऋण लगानीमध्ये १५ अर्ब २० करोड १६ लाख रुपैयाँ वर्षौंदेखि बेपत्ता भए पनि यसको खोजी कार्य हुन नसकेको हो ।

अर्थमन्त्रालयले बिहीबार सार्वजनिक गरेको संस्थानहरुको वार्षिक स्थिति समीक्षामा पनि गत वर्षमा झैं यस वर्ष पनि रकम हराएकै विवरण सार्वजनिक गरिएको छ । –राजधानी दैनिकबाट