Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


उद्योगपति केडियाको अपहरणप्रति महासंघ गम्भीर, शीघ्र रिहाइको माग


0
Shares

काठमाडौं, जेठ १४ । नेपाल उद्योग वाणिज्य महासंघले वीरगन्जका उद्योगपति एवं केडिया अर्गनाइजेसनका सन्चालक सुरेश केडियाको शीघ्र रिहाइको माग गरेको छ ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गरी विहीबार साँझ केडिया हतियारधारी समूहको अपहरणमा परेको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल रिहाइको माग गरेको छ ।

महासंघ यस्ता घटनाको निन्दा एवं भत्सर्ना गरेको छ । यस घटनाले उद्यमी–व्यवसायीलाई पुनः त्रसित बनाएको महासंघले जनाएको छ ।

‘मुलुुकको आर्थिक अवस्था अत्यन्त सिथिल भएको अवस्थामा अर्थतन्त्रलाई गतिशील बनाउने उद्यमी व्यवसायीहरु नै अपहरणमा पर्न थालेपछि अर्थतन्त्र कतातिर जाला, नेपालकोबारेमा अन्तर्राष्ट्रियजगत्मा कस्तो संदेश जाला, गम्भीर भएर सोच्नुपर्ने बेला आएको’ महासंघको चिन्ता छ ।

‘अपहरित उद्योगपति केडियाको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसमक्ष जोडदार माग गर्दै उद्यमी–व्यवसायीलगायत आम सर्वसाधारणको सुरक्षित जीवनयापन गर्न पाउने अधिकारको पूर्णसुरक्षाका लागि महासंघ सरकारसँग आग्रह गर्दछ’-विज्ञप्तिमा भनिएको छ ।