
काठमाडौं, जेठ १६ । नेपालमा दिगो कृषिको विकासः चुनौती, सम्भावना र विकल्पहरु विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ ।
इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूटले ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् र नेपाल इकोनोमिक एशोसियसनको सह संयोजनमा सम्मेलन भएको हो ।
गोष्ठिको उदघाटन गर्दै कृषि विकास मन्त्री हरिबोल गजुरेलले नेपालमा दातृ निकायको लगानी र नेपाली कृषिको आवश्यकता मेल नखाएको बताए ।
उनले धेरै विदेशी निकायहरुले कृषि क्षेत्रमा कार्य गरेपनि पहिले कृषिमा आत्मनिर्भर रहेको नेपाल अहिले झन परनिर्भर रहेकोप्रति दुःख व्यक्त गरे ।
मन्त्री गजुरेलले हाम्रो रुची एउटा क्षेत्रमा तर विदेशी निकायहरुले हामीलाई अर्कै खाना खुवाईरहेको भन्दै यसले विवाद उत्पन्न भएको दाबी गरे ।
नेपाल अर्थशास्त्र संघका अध्यक्ष डा. विश्वम्भर प्याकुरेलले नेपालमा खाद्यान्न खपतको प्रवृत्ति फरक हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै कृषिको विकासका लागि दिईने सुझावहरु सरकारले अवलम्बन गर्नेमा आशंका व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्