२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणः परराष्ट्रविद् यसो भन्छन्


0
Shares

काठमाडौं, वैशाख २४ । परराष्ट्रविद्हरुले भियतनाम र कम्बोडिया दक्षिण पूर्वी एसियाका उदाउँदा राष्ट्रहरु भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणबाट नेपालले पनि सिक्नसक्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा परराष्ट्रविद् डा. शम्भुराम सिंखडाले दुवै देश द्वन्द्वबाट उठेर उदाउँदो अर्थतन्त्र बनेकाले नेपालले उनीहरुबाट लिनसक्ने फाइदाका सम्बन्धमा गृहकार्य गर्नुपर्ने धारणा राखे ।

यस्तै, अर्का परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले सरकारले आफ्ना प्राथमिकता तय गर्नसके यस्ता भ्रमणहरु देशका लागि लाभदायी हुनेमा दुईमत नरहेको बताए ।

भ्रमणहरुमा आफ्नो राष्ट्रिय हीतअनुरुपका एजेन्डा प्रस्तुत् गर्नसकेमात्र कुनैपनि वैदेशिक भ्रमणको औचित्य स्थापित हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओली आउँदो बिहीबार भियतनाम र कम्बोडियाको सातदिने भ्रमणमा जाँदैछन् ।