२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


०७४ साल मंसिरमा चुनाव गराउँछ यो सरकारले : प्रधानमन्त्री (भिडियोसहित)


0
Shares

काठमाडौं, जेठ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा चलाउन रेलमार्गको सर्भे अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

विहीबार राजधानीमा मानवअधिकार एलाइन्सले गरेको कार्यक्रममा उनले केही समयभित्रै रेलमार्गको लागि बाटो खन्ने तथा लिक बिछ्याउने काम अघि बढ्ने जिकिर गरे ।

आफूले बोलेका कुराहरुलाई खिल्ली उडाउनेहरुलाई आफ्नै कार्यकालमा विकास गरेर देखाइदिने भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म बोलेका सबै काम गरेर देखाउने प्रतिबद्धता पनि जनाए ।

मंगोलिया जस्तो भूपरिवेष्ठित देशले प्रशान्त महासागरमा २ सय ६० ओटा पानीजहाज चलाएको दलिल पेश गर्दै उनले ‘अब छिट्टै ती महासागरमा नेपालको पानीजहाज पनि चल्छ’–भने ।

आफ्नै कार्यकालमा तराईका २० जिल्लाका सदरमुकामलाई चारलेनको सडक सञ्जालमार्फत् राष्ट्रिय राजमार्गसँग जोड्ने पनि उनले बताए ।

सरकार परिवर्तनको विषयमा आफूले कसैसँग कुनै सहमति नगरेको स्पस्ट पार्दै उनले २०७४ साल मंसिरमा चुनाव गराएपछिमात्रै आफ्नो विकल्प खोज्न अरु दलहरुलाई आग्रह गरे ।

आफू नेतृत्वको सरकारले ल्याएको बजेट पूर्णरुपमा देश र जनताको हितमा रहेको दाबी पनि उनले गरे ।

आफू ठाँटकासाथ बाँच्ने र शानका साथ मर्ने भन्दै प्रधानमन्त्रीले आफ्नो विकासे योजनाको विरोध गर्नेहरु कुनैदिन आफूलाई सहयोग गर्न आउने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस नेत्री सुजाता कोइरालाले सरकारले ल्याएको बजेटका धेरैजसो विषय राम्रो भएपनि यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताइन् ।

भिडियो हेर्नुहोस्