
प्रतीक लामिछाने/नवीन स्थापित (इमेज)
चौरीखर्क (सोलुखुम्बु), जेठ २० । तेन्जिङ नोर्गे शेर्पासँगै पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका न्यूजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले बनाइदिएका सोलुखुम्बुको खुम्बु क्षेत्रका विद्यालयलाई पछिल्लो समयमा आरोहीहरुले नै सहयोग गरिरहेका छन् ।
भूकम्पबाट क्षतिग्रस्त विद्यालयले सगरमाथा चढ्न आउनेहरुको साथ पाएपछि पुनर्जीवन पाएका छन् ।
सोलखुम्बुको चौरीखर्क गाविस–९ को जनसेवा निम्न माध्यमिक विद्यालय २०२१ सालमा तेन्जिङ नोर्गे शेर्पासँगै पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका न्यूजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले स्थापना गरेका हुन् ।
आफ्नै लगानीमा हिलारीले विद्यालय निर्माण गरेर पछि सरकारलाई हस्तान्तरण गरे ।
लामो समयसम्म हिलारीकै लगानीमा यहाँका विद्यालयका शिक्षकलाई तलब खुवाउनेदेखि विद्यार्थीका लागि कापी–कलमको व्यवस्था भयो ।
पछिल्लो समयमा २०७२ साल वैशाख १२ मा गएको विनाशकारी भूकम्पले यहाँको विद्यालयमा क्षति पुर्याएपछि अहिले चिनियाँ सगरमाथा आरोही वांग जिंगले विद्यालय निर्माणको लागि सहयोग गरिरहेकी छन् ।
विद्यालय भवन निर्माणका लागि वांगले हालै एक कार्यक्रमकाबीच करिब २ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्