Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


राजधानीका विषयमा धनकुटामा विरोध


0
Shares

धनकुटा, वैशाख २४ । विराटनगरलाई प्रदेश नम्बर–१ को राजधानी तोकिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै आएका धनकुटावासी विरोधमा उत्रिएका हुन् ।

मंगलबार धनकुटाको ‘जिरो प्वाइन्ट’मा उनीहरुले एक घण्न चक्काजाम गरेका थिए ।

मंगलबारै साँझ ७ बजेदेखि ८ बजेसम्म जिल्लाभर ‘ब्ल्याक आउट’ गर्ने पनि उनीहरुले बताएका छन् ।