Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सगरमाथा पदमार्गका अनगिन्ती समस्या (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक लामिछाने/नवीन स्थापित (इमेज)
नाम्चे (सोलुखुम्बु), जेठ २१ । विश्वको सर्वोच्च शिखर सगरमाथा आधार क्षेत्रमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दछन् ।

यीमध्ये धेरैजसो लुक्ला विमानस्थलबाट हिँडेरै आफ्नो गन्तव्यतर्फ अघि बढ्छन् ।

हजारौं पर्यटकका लागि स्वागत्–सत्कार तथा आतिथ्यता दिनका लागि यस क्षेत्रमा सयौं होटल तथा रेस्टुरेन्ट त खुलेका छन्, तर समस्या भने अनगिन्ती छन् ।

विश्वकै जोखिमपूर्ण मानिएको सोलुखुम्बुको लुक्ला विमानस्थलमा ओर्लिएपछि अधिकांश पर्यटकहरुको गन्तव्य सगरमाथा आधार शिविर हुन्छ । उनीहरु अलमल नगरी त्यतैतिर लम्किन्छन् ।

अत्यन्तै महँगो तथा जोखिमपूर्ण पदमार्गकोरुपमा चर्चामा रहेको लुक्लादेखि सगरमाथा आधार शिविरमा वर्षेनि १०औं हजार स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेपनि यस क्षेत्रका अधिकांश होटल तथा रेस्टुरेन्टले पर्यटकहरुलाई आधारभूत सेवा पुर्‍याउन सकेका छैनन् ।

लुक्लादेखि, नाम्चेहुँदै खुम्जुङको मानवबस्तीकै बीचमा रहेका अधिकांश होटल तथा पाहुनागृहहरुमा पर्यटकका लागि आधारभूत मानिएको बिजुली–बत्तीदेखि इन्टरनेट सेवासम्म प्रभावकारीरुपमा पुग्न सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।