
काठमाडौं, जेठ २१ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा ६ दशमलव ८ प्रतिशतको आर्थिकबृद्धि सम्भव हुने दाबी गरेका छन् ।
व्यवस्थापिका–संसदमा बजेटमाथिको छलफलकाक्रममा उठेको जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै उनले बजेटले उत्पादनमा जोड दिएको र प्रभावकारी कार्यान्वयनमार्फत् लक्ष्य हासिल गर्न सरकार दृढ रहेको बताए ।
ऋणात्मक स्थितिमा पुगेको अर्थतन्त्रलाई सार्वजनिक लगानीबाट उकास्न सरकारले जोड दिएको अर्थमन्त्रीको भनाइ थियो ।
यस्तै, पुनःनिर्माण तथा नवनिर्माणलाई सरकारले प्राथामिकतामा राखेको भन्दै उनले त्यसका लागि बजेटको आकार बढेको तर्क गरे ।
बजेट निर्माण गर्दा वित्तीय अनुशान तथा समष्टिगत् आर्थिक स्थायित्वलाई ध्यान दिइएको मन्त्री पौडेलको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगबाट प्राप्त ‘सिलिङ’अनुसार नै बजेट तयार पारेको दाबी गर्दै उनले सांसदहरुबाट प्राप्त सुझावको आधारमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उत्पादनलाई जोड दिँदै बजारको प्रभावकारी अनुगमनमार्फत् सरकारले महँगी नियन्त्रण गर्ने मन्त्री पौडेलले बताए ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्