
पोखरा, जेठ २१ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएमसीइको १३ जनाको टोली शुक्रबार पोखरा आएको छ ।
टोलीले शुक्रबारैदेखि कामदारहरु बस्नका लागि अस्थायी आवासको निर्माण सुरु गरेको छ ।
टोलीले छिट्टै काम थाल्ने सीएमसीइका प्रोजेक्ट म्यानेजर जेडीले जानकारी दिए ।
चिनियाँ टोलीले विमानस्थल निर्माणका लागि कसरी अगाडि बढ्ने भन्नेबारे सबै पक्षसँग छलफल गर्ने विमानस्थल आयोजना प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्