
काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकहरुको ठूलो योगदान रहेको बताएका छन् ।
नेपाल भूपू सैनिक संघको पाँचौं राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उदघाटन गदै देउवाले आगामी दिनमा भूपू सैनिकहरुको कदर गरिने पनि बताए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको आधुनिक विकासमा भूपू सैनिकहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
कांग्रेसको सिद्धान्तले जहिले पनि जित्ने तर पार्टीले हार्नुपर्ने कारण के हो ? भन्दै पौडेलले त्यसको निराकरण पनि भूपूहरुले गर्नसक्ने बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष दीपकबहादुर गरुङ, दिलमान पाख्रिनलगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्