२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन : दाहाल


0
Shares

दोलखा, जेठ २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामामात्र आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

शुक्रबार दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा उनले जसले जे भनेर चर्चा गरेपनि नेकपा एमालेसँग भएको ९ बुँदे सम्झौतामा पनि नेपाली कांग्रेस, मधेसीलगायत अरु दलहरुको राष्ट्रिय सरकार भएमा आफूले सरकारको नेतृत्व गर्ने सहमति भएको जिकिर गरे ।

‘राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन’ भन्दै उनले ‘अन्यथा सरकार गिराउने र बनाउने खेल खेलेर राष्ट्र र जनतालाई कुनै लाभ हुँदैन’–भने ।