
काठमाडौं, जेठ २१ । पछिल्ला दिन उकालो लाग्दै गरेको सुनको भाउ शुक्रबार सामान्यदरले ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले ओरालो लागेर ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ सयले नै उकालो लागेर ५४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य भने शुक्रबार पनि ७ सय ४५ रुपैयाँमा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३१ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्