२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


ऐसेलुबाट बन्न थाल्यो वाइन, किसानले लिन थाले फाइदा


0
Shares

धनकुटा, जेठ २२ । ऐसेलुबाट बाईन बनाउने उद्योग स्थापना गरिएसँगै कोसी अञ्चलका किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

संखुवासभाको तामाफोकमा स्थापना गरिएको मकालु बाईन उद्योगले ऐसेलुबाट वाईन बनाउन थालेपछि संखुवासभासहित तेर्‍हथुम र धनकुटाको उच्च क्षेत्रका वन तथा झाडिमा पाइने ऐसेलु बिक्री हुन थालेको हो ।

वैशाख र जेठमा फल्ने ऐसेलु सिजनमा एक व्यक्तिले एक हजार किलोसम्म संकलन गर्ने गरेका छन् ।

जसको मुल्य प्रतिकेजी ६० रुपैयासम्म पर्ने गरेको छ । तीन जिल्लाबाट बार्षिक एक सय टनको हाराहारीमा ऐसेलु संकलन हुने गरेको उद्योगका म्यानेजर आसय रन्जितकारले जानकारी दिए ।