२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


दाहालले दिए चेतावनी


0
Shares

रामेछाप, जेठ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यन्वयनका लागि सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

शनिबार रामेछापको मन्थलीमा कार्यकर्ताहरुसँगको भेटघाटमा अध्यक्ष दाहालले दलहरुबीच राष्ट्रिय सहमति नबने मुलुक संकटमा फस्ने चेतावनी दिए ।

उनले सरकार परिवर्तनको खेलभन्दा पनि देशका लागि सबै शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

अगामी २० महिनामा कानुन बनेर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयन हुन नसके देशमा ठूलो राजनीतिक र कानूुनी खतरा आउनसक्ने बताए ।