
रत्नप्रसाद अचार्य (इमेज)
सुनसरी, जेठ २२ । सुनसरीको धरान उपमहानगरपालिकास्थित सेउती खोलाबाट अनधिकृतरुपमा स्काभेटर प्रयोग गरी ढुंगा, गिटी र बालुवा तस्करी हुन थालेको छ ।
आर्थिक वर्ष २०७२/७३ सकिन लागेपछि जिल्ला विकास समितिले सेउती खोलाका नदीजन्य पदार्थको ठेक्का लगाएपछि अवैद्यरुपमा स्काभेटर प्रयोग गरेर तस्करी हुन थालेको हो ।
जिविसले सामुदासयिक वन क्षेत्रमा पर्ने सेउती खोलामा ढुंगा, गिटी र बालुवा निकासी गर्न दिएपछि स्थानीय बासिन्दा र धरानको बाँझगरा सामुदायिक वनका पदाधिकारीले विरोध गर्दै आएका छन् ।
स्थानीयको विरोधपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले ठेकेदार भीम पौडेललाई सुरक्षा दिँदै आएको छ ।
पौडेलले प्रशासनको आडमा खोलामै स्काभेटर प्रयोग गरी ढुंगा, गिटी र बालुवा उत्खनन् गर्दै निकासी गरिरहेका छन् ।
सरकारले सामुदायिक वन आसपास क्षेत्र, राजमार्ग तथा बाटो, पुलको पाँच सय मिटर क्षेत्रका खोलानालामा स्काभेटर प्रयोग गर्न रोक लगाएपनि सेउती खोलामा भइरहेको अवैद्यको कामको स्थानीय प्रशासनले वास्ता गरेको छैन ।
धरानको बाँझगरा सामुदायिक वनका अध्यक्ष राजन मोक्तानले ठेकेदारले गैरकानुनीरुपमा काम गरिरहेको भएपनि जिविसले वास्ता नगरेको बताए ।
उनले स्काभेटर प्रयोग नरोकिए स्थानीय बासिन्दाले ठेकेदारलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्