Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


केन्द्र सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गर्छः मुख्यमन्त्री गुरुङ


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्र सरकारले गर्न नसकेको काम गर्न प्रदेश सरकार बनेको बताएका छन् ।

पोखराको ठूलाखेतमा प्रदेश सरकारको लगानीमा निर्माण गर्न लागिएको पुलको शिलन्यास गर्दै उनले संघीयता आएपछि मात्र जनताले सरकारको अनुभूति गर्न पाएको बताए ।

कास्की, पर्वत र स्याङ्जाको संगमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चासे पुग्ने सडकमा पक्की पुल बन्ने लागेको हो ।

पुल निर्माणपछि पर्यटकी क्षेत्र पञ्चासे, पोखराको ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करीब १५ हजार वासिन्दालाई यातायात सुविधा हुने छ ।

९ मिटर फराकिलो र ९० दशमलब ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ ।