१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


पुनर्निर्माणका लागि १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत


0
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष पुनर्निर्माणका लागि १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनःथापनाका कार्यहरु गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको हो ।

बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धातिर कूल रु ९ खर्ब ३८ अर्ब बराबरको वित्तीय आवश्यकतालाई पुनरावलोकन गरी नेपाल सरकारको बजेटरी प्रणालीबाट नेपाल सरकार एवं दातृ निकायको स्रोत समेत गरी कुल रु. ६ खर्ब ३० अर्ब बराबरको वित्तीय स्रोत परिचालन गर्ने प्रस्ताव जानकारी गराएको थियो ।

बैठकमा प्रस्तुत वित्तीय योजनाको खाकालाई आधार मानी आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पुनर्निर्माणको कार्य तीव्र रुपमा भइरहेको बताउँदै बाँकी काम पनि राम्रो गर्न निर्देशन दिएका थिए ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरुका लागि आवश्यक पर्ने थप बजेट व्यवस्थापन गर्न विभिन्न दातृ निकायहरुसँग परामर्श अघि बढाएको र उनीहरु सकारात्मक रहेको जानकारी गराएका थिए ।