२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


मंगलबारदेखि दैनिक नौ घन्टामात्र विद्युतभार कटौती हुने


0
Shares

काठमाडौं, जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले विद्युतभार कटौतीको समय एक घन्टा घटाएको छ ।

यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युतभार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युतभार कटौती गर्दै आएको थियो ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः विद्युतभार कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए ।

उनका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ । प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युतभार कटौती गर्ने जनाएको छ । (रासस)