२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


खडेरीका कारण आँप उत्पादन १० प्रतिशतले घटयो


0
Shares

धनकुटा, जेठ २४ । खडेरीका कारण यो वर्ष धनकुटामा आँप उत्पादनमा १० प्रतिशतले घटेको छ । गतवर्ष धनकुटामा २ सय ८७ हेक्टर क्षेत्रफलमा ११ सय २२ टन आँप उत्पादन भएकोमा यो वर्ष भने उत्पादनमा १० प्रतिशतले कमी आएको हो ।

आँपको फल लाग्ने समयमा पानी नपरेको तथा हुरी वतासका कारण भएको फलमा समेत क्षति पुगेकाले उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यलय धनकुटाका वाली संरक्षण अधिकृत छबिलाल घिमिरेले जानकारी दिए ।

धनकुटामा उत्पादित आँप बिक्रीका लागि विभिन्न जिल्लामा पु¥याइने गरिएको छ ।