२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सुनकोसी–कमला डाइभर्सनको काम चाँडै सुरु : सिंचाइमन्त्री


0
Shares

सिन्धुली, जेठ २४ । सिंचाइमन्त्री उमेश यादवले सुनकोसी–कमला डाइभर्सनको काम चाँडै सुरु गरिने बताएका छन् ।

सोमबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले डाइभर्सनको काम छिटो सुरु गरी तराई र भित्री मधेसका जिल्लामा खाद्यान्न उत्पादनमा जोड दिइने बताए ।

उनले सुनकोसी कमला डाइभर्सनको काम सरकार आफैंले गर्न चाहेकोसमेत स्पस्ट पारे ।

डाइभर्सनको अध्ययनका लागि मन्त्रालयले बजेट विनियोजन गरिसकेको उनको भनाइ थियो ।