
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरेको सम्बोधनको आलोचना गर्नेहरुलाई बौद्धिक दिवालियापनको संज्ञा दिएका छन् ।
गणतन्त्र मुल समारोह समितिको सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले प्रयोग गरको शब्दलाई लिएर अनावश्यक बहस सिर्जना गरिएको दाबी पनि गरे ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित गणतन्त्र मुल समारोह समितिले आगामी जेठ १४ देखि १६ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । मुल समिति अन्तर्गत अन्य तीन उपसमिति पनि गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्