
काठमाडौं, जेठ ३४ । युवा संघ नेपालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जनमुखी एवं युवामुखी भएको दाबी गरेको छ ।
सोमबार राजधानीमा अर्थमन्त्री विष्णु पौडेल र पूर्वअर्थमन्त्रीहरुसँग यससबन्धी अन्तरक्रिया आयोजना गरी बजेटको बचाउ गरेको हो ।
संघका अध्यक्ष राजीव पहारीले बजेटले नयाँ नेपाल निर्माण गर्न आधारशीला तयार पारेको दाबी गरे ।
बजेट कार्यान्वयन भएमा ५ वर्षमा मुलुकले काँचुली फेर्नेसमेत उनको दाबी छ ।
केही पार्टीहरुले बजेट वितरणमुखी एवं महंगी निम्त्याउने खालको छ भनी हल्ला फैलाएको संघको आरोप छ ।
संघले यो बजेटले देशलाई समाजवादतर्फ उन्मुख गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्